काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा लालुप्रसाद पौडेल नियुक्त भएका छन्।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भुगर्भ विभाग प्रमुख पौडेललाई शनिबार अध्यक्षमा नियुक्त गरेका हुन्।
आयोगको सदस्यमा त्रिवि शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक योजना समितिका हेमराज ढकाल नियुक्त भए।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजत्वको सिफारिस समितिले दिएको नाम अनुसार नै प्रधानमन्त्रीले उनीहरुलाई नियुक्त गरेका हुन्।
तत्कालीन अध्यक्ष चैतन्य शर्मालाई कर्मचारी छनोटमा अनियमिता गरेको आरोप लागेपछि एक महिनादेखि आयोग नेतृत्वविहिन थियो।


















