भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

138

नयाँदिल्ली / भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराज (कौसल)को असामयिक निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राति करिब एघार बजे हृदयाघातका कारण निधन भएको हो ।

हृदयघात भएपछि  करिब दश बजे उनलाई दिल्लीको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)को आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

आकस्मिक विभागका चिकित्सकहरुले ‘कार्डियोपल्मोनरी रिससिटेसन’ (स्वासप्रस्वास प्रक्रियालाई सुचारु गराउन छाति थिच्ने लगायतका प्रक्रिया) लगायतका विभिन्न प्रयास गर्दा पनि सफल भएनन्। र, उपचारकै क्रममा करिब एघार बजे तिर उनको निधन भएको घोषणा गरियो।

भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ स्वराज सुष्मा पति स्वराज कौशलका साथ जन्तरमन्तर रोडस्थित निवासमा बस्दै आएकी थिइन्। उनकी एक छोरी छिन्। सन् २०१६ मा उनको मिर्गौलामा एकाएक समस्या देखिए पछि एम्समै प्रत्यारोपण समेत गरिएको थियो। त्यसयता उनले आफ्नो स्वास्थ्यमा विशेष सजगता अपनाउँदै आएकी थिइन्।

स्वराजको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले पनि सुष्माको निधनले भारतीय राजनीतिको एउटा यशस्वी अध्यायको अन्त्य भएको जनाएका छन्। ‘सार्वजनिक सेवा र गरीबको जीवनस्तर सुधारका लागि जीवन समर्पण गर्ने एकजना महान नेताको निधनमा पुरै भारत शोकमग्न छ। उहाँ करोडौंका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,’ मोदीले ट्विटमा लेखेका छन्।

त्यसैगरी विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले पनि सुष्माको निधनप्रति दुख प्रकट गरेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here