भक्तपुर / सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
काभ्रे बनेपा बस्ने काभ्रे मनदन देवपुर नगरपालिका-८ चैनपुर घर भएका ३१ वर्षीय पशुपति आचार्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका-४ राधेराधेस्थित इजि ट्रायल सेन्टर अगाडिबाट आचार्यलाई महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















