२०औं स्थापना दिवसको अवसरमा फोनिजले अन्तरक्रिया गर्ने

124

ललितपुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. ३ ले स्थापना दिवसको अवसर पारेर भोलि ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

पूर्व सभामुख अनुसारी घर्तिको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा प्रदेश नं. ३ का गृहमन्त्री शालीकराम जमकटेल, फोनिज संघीय समिति अध्यक्ष डण्ड गुरुङ लगायतका अतिथिहरुको उपस्थितिमा सो अन्तरक्रिया हुने फोनिज प्रदेश नं. ३ का उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि सम्पूर्ण प्रदेश नम्बर ३ को जिल्लाबाट पदाधिकारीहरु गरी तीन जनालाई उपस्थितिको लागि अनुरोध गरेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here