पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत ६ लाख ७५ हजार घुससहित पक्राउ

220

काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला ६ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने नाममा लिँदै गरेको उक्त रकमसहित कोइरालालाइ बिहीबार पक्राउ गरेको हो ।

कोइरालालाई काठमाडौंको शेर्पा मलमा विद्यार्थीहरुबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका कोइरालामाथि थप अनुसन्धान भैरहेको अख्तियार निकट श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here