काठमाडौं / नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ । केही दिनयता लगातार बढेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि यता दिनहुँ बढ्दै गएको सुनको मूल्य आइतबार भने स्थिर रहेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छ। यो हाल सम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य सुनको मूल्य यसरी बढ्नुमा अमेरिकी र चीन बीचको व्यापार युद्धसँगै भारत र पाकिस्तानको बिबादले सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा भएको जानकारी दिनुभएको छ ।
सुनको मूल्य बढ्नुको थप कारण भिडियोमा –

















