अन्तर विधालय स्तरीय लोकनृत्यमा प्रतियोगितामा छलिया नाच उत्कृष्ट

275

काठमाडौं / काठमाडौं स्थित रसियन कल्चरल सेन्टरमा भएको ‘अन्तर विधालय स्तरीय लोकनृत्य प्रतियोगिता’मा होली इन्टरनेसनल स्कुलको छलिया नाच प्रथम भएको छ ।

उक्त प्रतियोगितामा नेपालय स्कुलले मगौटा नाच प्रस्तुत गरेर दोस्रो भयो ।  तेसो पुरस्कार भने थारू नाचबाट ब्राइट जोन स्कुलले जितेको छ । सोही प्रतियोगितामा साकेला नाचबाट एमबेसेडर स्कुल र कौरा नाचबाट ग्रिन तारा स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी गोल्डन फ्युचर स्कुलले उत्कृष्ट वेशभूषा प्राप्त ग¥यो भने प्राज्ञ सदन स्कुलका नृत्य निर्देशकतर्फको उत्कृष्ट पुरस्कार जित्यो । सो प्रतियोगितामा विभिन्न १७ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा थकाली नृत्य, कौडा, सकेला, मारुनी, थारू नाच कटघरिया, थाली नाच, मगेटा नाच, चण्डी माईको नृत्य, छलियालगायत अन्य लोकनृत्य देखाइएको थियो । कार्यक्रममा करिब ३ सय विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेको थियो ।मंगलबार भएको प्रतियोगिताको आयोजक शैली थिएटर, रुसी सास्कृतिक केन्द्र र इसानद्धारा संयुक्त रुपमा आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पाल्नु भएका सांसद शान्ता चौधरीले पुरस्कृतलाई पुरस्कार प्रदान गरिन् । उनले आफूले हालै एसईई उत्तीर्ण गरेको अनुभव सुनाइन् । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले बालबालिका एवं विद्यार्थीको हितमा हुने यस्ता कार्यक्रमलाई शैली थिएटरले नियमित आयोजना गर्ने बताए । कार्यक्रममा इसानका अध्यक्ष राजकुमार श्रेष्ठले हरेक वर्ष यसरी नै पढाइसँगै अन्य क्रियाकलापमा विद्यार्थीलाई क्रियाशील बनाउने नृत्य प्रतियोगिता आयोजना गर्दै आएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here