कीर्तिपुरमा गाईजात्रा (सापारु) धेधेपापा मनाइयो

888

काठमाडौं / दिवंगत आत्माहरुको चिर शान्तिको कामना तथा स्मरणमा आज सापारु (गाई जात्रा) मनाएको छ । काठमाडौं उपत्यकामा सापारुलाई विभिन्न किसिमले मनाउने गरिन्छ। उपत्यकामा दिवंगतहरुको सम्झनामा बालबालिकालाई सिंगारेर गाई अंकित चित्र, मुकुन्डो, सिङ लगाएर नगर परिक्रममा गराउने चलन रहेको छ । यसै क्रममा बालबालिकालाई फलफूल, रोटीलगायतका खानेकुरा दिने चलन रहेको छ।

तर कीर्तिपुरमा भने अलि उपत्यकामा भन्दा अलिक भिन्दै पारामा गाई जात्रा मनाउने चलन रहेको छ । तात्कालिन गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आक्रमण गर्दा कीर्तिपुरकै धन्चा सिख्वाको परिवारले शाहको साथ दिएका थिए। धान्चाले आफ्नै देशविरुद्ध गद्दारी गरेकोले उनीहरुको परिवारलाई ब्यंग्य प्रहार गरेर मुकुन्डो लगाएर नगर परिक्रमा गराउँदै नाच प्रदर्शन सुरु भएको स्थानीय जनाएका छन् । यस नाचलाई कीर्तिपिुरवासीहरुले व्यंगात्मक जीवन्त संस्कृतिका रुपमा लिने गरिन्छ ।

विभिन्न प्रकारका ख्वापा लगाएर प्रदर्शन हुने धेधेपापा प्याखं कीर्तिपुरको मौलिक नाचलाई व्यंगात्मक रुपमा प्रस्तुत गरिने गर्छ। धेधेपापा नाचसँगै अन्य स्थानमा झै बालबालिकालाई प्रतीकात्मक रुपमा गाईको स्वरुप बनाएर नगर परिक्रमा गरिएको थियो। यस्तै मानिसहरु विभिन्न भेष धारण गरी नाच्दै सापारुमा सहभागी भएका थिए।

    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here