तुलसीपुरमा बृहत तिज प्रतियोगिता हुँदै

201

 तुलसीपुर / नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा दाङको तुलसीपुरमा बृहत तिज प्रतियोगीता हुने भएको छ ।

फरक कोण मिडिया प्रा.ली द्धारा संचालन भएको एस.टि.एन च्यानलको आयोजनामा एक नृत्य प्रतियोगिता हुन लागेको हो।
आज शुक्रवार आयोजक संस्था एस.टि.एन च्यानलले रिर्पाेर्टर्स क्लव दाङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

रिर्पाेर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले तिजलाई चड्कीलो र भड्कीलो नबनाउन आग्रह गरेका छन । उनीहरुले मौलिक परम्परा र कम खर्चमा चाडपर्व मनाउनु पर्ने समेत जनाए ।

कार्यक्रममा प्रतियोगिताका कार्यक्रम संयोजक नविन वलीले शनिवारदेखी तुलसीपुरको मुनाल गेष्ट हाउसवाट अडिसन शुरु हुन लागेको जानकारी दिनुभयो । उहाँले अडिशनमा सहभागी हुन कुनै शुल्क नलाग्ने समेत जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितीका प्रमुख नारायणी रजौरे, प्रदेश टुडे पत्रिकाका सम्पादक गोपाल शर्मा भट्टराई, एस.टि.एन च्यानलका प्रबन्ध निर्देशक शनोद थापा,.चलचित्र पत्रकारसंघ दाङका कोषाध्यक्ष शिव पुन र साहित्यकार डिल्ली बस्नेत संगीत लगाएतले प्रतियोगीतालाई सभ्य र भब्य सम्पन्न गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता सहितको मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतियोगिता भाद्र ७ गते तुलसीपुरको समिक्षालयको हलमा फाइनल गरिने छ, भने प्रथम,द्धितीय, र तृतिय हुने विजेताहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रमको सहजीकरण रिर्पाेर्टर्स क्लवका सदस्य शन्तोष के.सीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here