– एजेन्सी
काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको ७१ वर्षको उमेरमा निधन भएको भएको छ । बिहीबार करिब १२ बजे मुम्बईको जुहू क्रिटीकेयर अस्पतालमा उनको निधन भएको हो ।
केहि दिन अगाडी स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। फोक्सो तथा मुटुमा गम्भिर समस्या भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।
उनले छोटी बात, पति पत्नी और वो, मुक्ति, इनकार, रजनीगन्धा, तुम्हारे लिए, स्वयंबर, मगरुर और सफेद झुट जस्ता फिल्ममा अभिनय गरेकी थिइन्।


















