काठमाडौँ – सञ्चार क्षेत्रका सरोकारवाला, राज्यपक्ष, नागरिक समाज र पत्रकारका बीचमा नियमित संवाद र पत्रकार सुरक्षाविरुद्धका घटना न्यूनीकरणको उद्देश्यसहित जिल्लामा पहिलोपटक ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको छ ।
त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि टङ्क खनाल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, एनजिओ फेडेरेशनका अध्यक्ष पदम पहारी, इन्सेकका सवनम शर्मा, महिला मानवअधिकार रक्षकका अध्यक्ष तारामाया थापा र नागरिक समाजका तर्फबाट बीना सिलवाल नेटवर्कको सदस्य रेका छन् ।
पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट तथा केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली नेटवर्कको सल्लाहकार रहेका छन् । कास्कीसहित मोरङ, धनुषा, सर्लाही, मकवानपुर, दाङ र सुर्खेतमा नेटवर्क गठन गरिने र यी जिल्लामा नेटवर्कको सफलताको आधारमा भविष्यमा अन्य जिल्लामा समेत गठनको लक्ष्य रहेको महासङ्घले जनाएको छ । रासस


















