काठमाडौं- राष्ट्रिय पुनर्जागरण अभियान नेपालको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक श्रावण ३१ गते शुक्रबारदेखि प्रारम्भ भएको छ ।
शुक्रबार कार्यकारी संयोजक भरत दाहालबाट ४५ पृष्ठको कार्यपत्र पेश गरियो । कार्यपत्रमा केन्द्रीय सदस्यहरुबाट जिल्ला तहमा छलफल चलाएर केन्द्रमा सुझाव राखिने भएको छ ।
आज ३२ गते शुरु भएको पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुबाट जिल्लास्तरीय गतिबिधिबारे रिपोर्टिङ गर्ने काम भयो । बैठक अाज समापन हुने जनाईएकाे छ ।

















