‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी अनमोल नहुने

262

काठमाडौं– सुपरहिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिरिज २०७७ को दशैंमा प्रदर्शन हुने भएको छ ।

मिति नतोकिए पनि निर्माता सुनिल कुमार थापाले अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने फाइनल भएको जनाए । अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गर्ने फिल्मको मंसिरबाट छायांकन सुरु हुने जानकारी प्राप्त छ । अहिले निर्देशक थापा गत वर्षको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि विदेशी भूमिमा छिन् । उनको साथमा अभिनेत्री सुहाना पनि छिन् ।

‘ए मेरो हजुर ४’ भन्दा अगाडि झरनाले वर्षौदेखि दराजमा थन्किएर बसेको ‘भागवात गीत’ को स्क्रिप्टमा काम गर्ने सोचमा थिइन् । तर, अभिनेता अनमोल केसीले हालै आठौं फिल्मको रुपमा होम प्रोडक्सनको ‘एन्टी हिरो’ गर्ने निधो गरेपछि ‘भागवात गीत’ तत्काल नबन्ने भएको हो । तर, अझै अनमोल र झरनाबीच समय व्यवस्थापनको विषयमा कुराकानी भइरहेको निर्माता थापाले जनाए ।

‘ए मेरो हजुर ४’ मा अभिनेत्री सुहाना दोहोरिने जानकारी दिँदै सुनिलले भने, ‘यसमा अनमोल भने दोहोरिने छैनन् । हामी नयाँ हिरो लिने वा चलेको भन्ने विषयमा छलफल गरिरहेका छौं । झरना नेपाल आएपछि टुंगो लाग्नेछ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here