काठमाडौं / सिंहदरबारभित्र रहेको राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । आयोगकै अनुगमन तथा मुल्यांकन हलमा नायव सुब्बा बच्चु केसी मृत अवस्थामा भेटिएका हुन् ।
कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका प्रहरीले जनाएको छ ।
केसी कीर्तिपुरको टौदहका हुन् ।सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको आशंका छ ।

















