राजनीतिक दलका भातृ संगठनहरु भंग गर्नुपर्छ : रवीन्द्र मिश्र

8

बुटवल / साझा पार्टी संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारको जड शीर्ष नेता र उच्च कर्मचारीहरुबाटै हुने गरेको भन्दै शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने जनाएका छन् ।

संयोजक मिश्रले २०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानविन गर्नुपर्ने जनाएका छन् ।यस्तै उनले राजनीतिक दलका भातृ संगठनहरु पनि भंग गर्नु पर्ने जनाउँदै पुराना दलहरुले कर्मचारीलाई दलको छाता नओढी नहुने स्थितिमा पुर्‍याएको उल्लेख गर्दै यसबाट मुक्त नभएसम्म सुशासन र समृद्धि नआउने समेत जनाए ।

‘पुराना दलहरुले हरेक नागरिकलाई स्वतन्त्र रहन नदिई दलको छाता ओढ्नैपर्ने संस्कार सिकाएका छन्,’ उनले भने, ‘जनताले विकल्प नदेखेर बाध्यतावश दलको छाता ओढेका हुन् । अब स्वतन्त्र भएर सोच्न र निर्णय गर्न सक्नुपर्छ । दलको मायाजालबाट मुक्त हुनुपर्छ ।’

पेशागत सुरक्षाको ग्यारेन्टी भए दलको छाता ओढेर हिँड्नु नपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here