अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा, दुरुत्साहन गरिएको प्रमाणसमेत पेश

229

काठमाडौं / शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय, चितवनले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनु भएको हो । अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उहाँले जनाउनुभयो ।

सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उहाँको भनाइ थियो । अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले जनाउँदै एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र बाह्य दबाब थेग्नु नपरेको जनाउनुभयो ।

उपरीक्षक रेग्मीले भन्नुभयो,’भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।’ घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणःअनुसन्धानमा खटिएका सिआइबीका एसपी दिपक रेग्मी पहिलोपटक मिडियामा हेर्नुहोस्

प्रधानमन्त्री केपी ओली र सत्तासीन नेकपा अध्यक्ष प्रचण्डको तारिफ गर्दा पुण्य गौतम कुटिए १ रवि लामिछानेका समर्थकले गरे आक्रमण : हेर्नुहोस् भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here