सिटिजन्सको ऋणपत्र नेप्सेमा सूचीकृत

93
काठमाडौं – सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको  रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६”लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार आयोजित एक विशेष समारोहका बीच उक्त समझदारी पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् । अबदेखि उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिनेछ ।
रु.२ अर्ब ५० करोड बराबरको (रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता)“ १०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६” मिति २०७६/११/२० गतेदेखि  २०७६/१२/०४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋण पत्र बिक्री भएको थियो ।

यसैबीच नेपाल राष्ट्र बैङ्कको नीतिअनुसार सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगीविकास बैङ्क लिमिटेड (जनकपुर केन्द्रीयकार्यालय रहेको) लाई प्राप्ति गरी मिति २०७७ साल असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्ति पश्चात बैङ्कको कुल शाखा १०९ पुगेको छ । प्राप्ति पश्चात बैङ्कको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहक वर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here