लकडाउन थप्दै परिक्षणको दायरा वढाउन निर्देशक राजभण्डारीकाे आग्रह

67

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लकडाउन अझै कडा पार्नु आवश्यक देखिएको औल्याइएको छ । टेकु अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले नेपालमा कोरोना संक्रमणको समस्या थप जटिलतातर्फ गईरहेकाले लकडाउनलाई अझै कडा पार्नुपर्ने जनाए छन् ।

उनले पछिल्लोपटक नेपालमा समस्या जटिल हुदै गएकाले कोरोना रोकथामका लागि एकजनाले मात्र नभई सवैले उच्च सतर्कता अपनाउनु जरुरी रहेको जनाउँदै नेपालगंजमा जस्तै जटिल केश अन्य ठाँउमा पनि लुकेर वसेका हुनसक्ने भएकाले शंकासपद ठाँउमा टेस्टको दायरा वढाउनु अहिले प्रमुख काम भएको धारणा राखेका छन् ।

पत्रकार ऋषी धमलासंगको अन्र्तवार्तामा बोल्दै निर्देशक राजभण्डारीले राजधानी काठमाण्डौ भित्र वाहिरी जिल्लाको आवजजावत नरोकिएकाले काठमाडौं कोरोनाको उच्च जोखिममा रहेको जनाएका छन् । उनले टेस्टको लागि स्वास्थ्य सामाग्री अपुग भएको पनि जानकारी गराएका छन् ।

नेपालमा पनि एकपटक कोरोना नेगेटिभ भएर घर फर्किएकामा फेरी पोजेटिभ देखिनु झनै ठुलो समस्या भएकाले यस बिषयमा गम्भीर अनुसन्धान हुनुपर्नेमासमेत उनले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here