फ्रान्समा यसअघि जनवरीमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै आएकोमा मंगलबार एक महिना अगावै त्यहाँ संक्रमित भएको पुष्टि भएपछि डब्लुएचओले यस्तो आग्रह गरेको हो।
चीनको वुहानबाट सुरु भएको सो भाइरसका बारेमा चीनले डब्लुएचओलाई पहिलो पटक गत वर्षको डिसेम्बर ३१ मा जानकारी गराएको थियो। भाइरस यसअघि युरोपमा नभएको ठानिदैं आइएको थियो। यसले सबै कुरामा पूरै नयाँ तस्विर दिन्छ,’ संगठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा भएको संयुक्त राज्यको ब्रीफिंगमा फ्रान्सेली रिपोर्टलाई औल्याउँदै भने, ‘यो खोजले सम्भावित भाइरस फैलावट राम्रोसँग बुझ्न मद्दत गर्दछ।’ उनले थप पुराना नमूनाहरू परीक्षण गरेपछि अन्य संक्रमणका घटनाहरू पनि देखा पर्न सक्ने जनाए ।
फ्रान्समा निमोनिया बिरामीहरूको पुरानो नमूना परीक्षण गर्ने क्रम फ्रान्सेली अस्पतालले त्यहाँ कोरोना डिसेम्बर २७ मै देखिएको पुष्टि गरेको छ। जबकी यस भन्दा अघि फ्रान्सले जनवरी २४ मा पहिलो पटक आफ्नो मुलुकमा तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थिए। हाललाई ती संक्रमित चीनको वुहान सहरबाट सम्बन्धित थिए वा थिएनन् भन्ने कुनै खुलासा भएको छैन।
प्रारम्भिक अनुसन्धानमा कुनै सम्बन्ध नभेटिएकाले उनी कसरी संक्रमित बने भन्ने कुराले कौतुहलता जन्माएको छ विज्ञहरूका भन्छन्, ‘फ्रान्सेली मुद्दामा थप अनुसन्धान आवश्यक छ।’
लिन्डमेयरले अन्य देशहरुलाई समेत सन् २०१९ को अन्त्यतिर देखा परेका निमोनियाका केसहरु पुन जाँच्न भनेका छन्। उनलाई यसले प्रकोपको ‘नयाँ र स्पष्ट तस्वीर’ दिनसक्ने विश्वास छ। उनले चीनमा भाइरसको उत्पत्तिबारे अन्वेषण गर्नु ‘वास्तवमै निकै महत्त्वपूर्ण’ भएकोमा जोड दिएका छन्।
अमेरिकी विदेश सचिव माइक पोम्पी कोरोना भाइरस वुहानको प्रयोगशालाबाट आएको प्रमाण भएको दाबी गर्दै आएका छन्। यद्यपि वैज्ञानिकहरुले विश्व स्वास्थ संगठनलाई यो जनावरबाट उत्पत्ति मानिसमा सरेको जनाउँदै आइरहेका छन्।