संसारकै ठूलो भ्यागुता, जसको तौल ३ किलो

693

एजेन्सी / के तपाईले संसारकै सबै भन्दा ठूलो भ्यागुता बारेमा थाहा छ ? अफ्रिकामा संसारकै सबैभन्दा ठूलो भ्यागुता रहेको छ, जसको तौल ३ किलोभन्दा ठूलो रहेको छ । गोलियथ प्रजातिको उक्त भ्यागुताका बारेमा बर्लिनस्थित नेचुरल हिस्ट्री म्युजियमले गरेको अनुसन्धानले केही अनौठा तथ्यको खुलासा गरेको छ । शोधकर्ताका अनुसार यो भ्यागुताले आफू बस्नका लागि आफैं नै सानो पोखरीको निर्माण गर्ने गर्दछ । कहिलेकाहीँ त आफ्नो लागि कुवा बनाउन यो भ्यागुताले दुई किलोभन्दा धेरै वजन भएका ढुंगाहरु पनि खनेर फ्याँक्ने गर्दछ । यो भ्यागुताको वजन ३ किलो ३ सय ग्राम छ भने यसको लम्बाइ ३४ सेन्टिमिटर अर्थात् १३ इन्चसम्म हुन्छ ।

यो भ्यागुता भीमकाय त हुन्छ नै, आफ्नो सन्तानको हेरचाह पनि निकै विशेष तरिकाले गर्दछ । यो भ्यागुता जुन कुवामा बस्दछ त्यसमा जन्माएका बच्चाको सुरक्षाका लागि पानीमा फिँज निकालेर राख्दछ ताकि उक्त फिँजमा अन्य जनावरहरु नआउन् । गोलियथ प्रजातिको यो भ्यागुता अफ्रिकी देश क्यामरुन तथा इक्विटेरियल गिनीलगायतका देशमा पाइन्छ । साथै दक्षिण अफ्रिकाको एम्पुला नदीको किनारामा पनि यो प्रजातिको भ्यागुता पाइन्छ । शोधकर्ताहरुले यो भ्यागुताका अण्डा रहेका विभिन्न २२ ठाउँ पत्ता लगाएका छन् । कतिपय ठाउँमा करिब २८ सय अण्डा पाइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here