नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध

246

काठमाडौं / नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई भाद्र ११ गते बुधबारदेखि कारोबार शुरु गरेको छ ।

अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएकोमा अब कनेक्ट आईपीएसको सेवा पनि थप गरिएको हो ।

यसबाट बैंकलाई आफ्ना ग्राहकहरुलाई वैकल्पिक डिजिटल च्यानलहरु प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ जसको माध्यमबाट ग्राहकहरले अनलाइन फण्ड ट्रान्सफर, ई–कमर्शको भुक्तानी, क्रेडिट कार्डरबिल भुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा फण्ड भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी र अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना विभिन्न सेवाप्रदायकहरुलाई कनेक्ट आईपीएसमा आबद्ध गराई अन्य सेवाहरु पनि थप्न सक्नेछ जुन अन्य सदस्य बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले पनि प्रयोग गर्न सक्छन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here