आजदेखि पशुपतिनाथ मन्दिरमा आरती अघि राष्ट्रियगान बज्ने

372

काठमाडौं / हिन्दू धर्मावलम्बीको ठूलो धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा साँझमा हुने आरती शुरुहुनु भन्दा अघि  राष्ट्रिय गान बज्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा हरेक दिन साँझाको आरतीअघि  अनिवार्यरुपमा राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएपछि आजदेखी आरति अघि आराष्ट्रिय गान शुरु गर्ने तयारी गरेको छ ।

मन्त्री भट्टराईले आरतीको प्रत्यक्ष प्रसारण गर्न यसअघि नै निर्देशन दिनुभएको छ ।

पशुपतिमा मन्दिर भित्र परापूर्वकालदेखि विहान र बेलेका आरती हुने गरेको छ भने मन्दिरको बाहिर भक्ति संगीतसहितको आरति हुने गरेको छ ।

हरेक साँझ ६ बजेपछि पशुपति मन्दिरको पूर्वी भागमा भक्ति संगीतमय हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here