आजको राशिफल (२०७६ भदौ १६), कसको भाग्य कस्तो ?

339

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । महत्वपूर्ण काम हात लाग्नेछ । पढाइ लेखामा ध्यान जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिन सार्थक हुने छ । मनमा चिन्ता हटेर जाला । ठूलो योजनाको काम गरिनेछ । टाढाबाट खुशीको खबर आउन सक्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आटेको काममा व्यवधान आउनेछ । कामको लागि ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ । खर्च बढ्ने सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन उत्तम छ । कामप्रति जोश जाँगर बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आटेको काम सहज रूपमा सम्पन्न हुनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय कार्य गर्ने योजना तय हुनेछ । कामको उचित मूल्याङ्गन हुने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन प्रतिकूल छ । काममा बाधा अड्चन आइलाग्नेछ । साथीभाइमा मनमुटाव हुनसक्नेछ । खर्चको मात्रा बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन उत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दिन अनुकूल छ । आटेको काम बन्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार मिल्नेछ मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ सहयोग प्रशस्त पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दिन प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उत्तम हुने देखिन्छ । कडा परिश्रम गरिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दिन अत्युत्तम रहनेछ । यात्रा गरिनेछ । सन्तानबाट सहयोग मिल्नेछ । व्यापार व्यवासय बढ्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जनमा ध्यान जाला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here