एउटै मण्डपमा दुईजनासँग विवाह

254

एजेन्सी / इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

मुश्लिम समुदायको बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम पुरुषले आफूसँग चार श्रीमती राख्न सक्छन् । इन्डोनेशियाली कानून अनुसार यदि जेठी श्रीमतीले यसको मञ्जुरी दिए पुरुषले एकभन्दा बढीसँग विवाह गर्न सक्छन् । यही कानूनको आधारमा यी व्यक्तिले आफ्ना दुई प्रेमिकालाई एकसाथ विवाह गरेका हुन् । भाइस इन्डोनेशियाले स्थानीय मिडियलाई उद्धृत गर्दै लेखेको छ, ‘म यी दुबैको मन दुखेको हेर्न सक्दिनँ त्यसकारण यी दुबैलाई विवाह गर्ने निर्णय गरेँ ।’

उक्त भिडियो अगस्ट १७ मा पोस्ट गरिएको थियो । फोटो र भिडियोमा देखिए अनुसार दुलहा बीचमा बसेका छन् भने छेउछेउमा दुई दुलही छन् । इन्डोनेशियाको संस्कार अनुसार नयाँ दुलहाले आफ्ना दुई श्रीमतीलाई ०.७० डलर ९लगभग ८० रुपैयाँ० दाइजो पनि दिए । आफ्नो दायाँ बसेकी श्रीमतीलाई उक्त रकम दिएर दुई जनालाई बाँड्न भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here