निर्माणाधिन भवन निर्माण कार्य रोक्का गर्न अदालतको आदेश

319

कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माण कार्य रोक्का गर्न जिल्ला अदालत कपिलवस्तुले आदेश दिएको छ । शिवराज नगरपालिकाको निमार्णधिन भवन गैरकानुनी रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागेको भन्दै मुद्धा दयार गरीएको थियो ।

अदालतले शिवराज नगरपालिका वडा न ५ रहटकोल क्षेत्रमा रहेको वगौचा क्षेत्रमा कुनै पनि संरचना निर्माण नगर्न आदेश दिएको हो । साविक विरपुर ९ क कित्ता नं ५८ को जग्गा क्षेत्रफल ०—१५—१५, र कित्ता नं ५२ को जग्गा ०—२—२ को जग्गमा कुनैपनि किसीमको सरंचना निर्माण कार्य गर्न नपाउने आदेश दिएको हो । साथै यथास्थितीमा रहने गरी मुलुकी देवानी कार्यविधी सहिता २०७४ को दफा १५६ बमोजिम रोक्का गर्न आदेश दिएको छ । आदालतले सो जग्गाको विषयमा आदालतमा जानकारी पठाउन समेत अनुरोध गरेको छ ।

शिवराज नगरपालिका वडा नं ५ रहटकोल क्षेत्रमा रहेको वगौचालाई नष्ट गरी भवन बनाउन लागेको भन्दै शिवराजका स्थानिय हरि प्रसाद पोख्रेल, कृष्ण कुमार चौधरी, मो तोफिक खा, मोहिताव खान, र रविदत्त मिश्रले नगरपालिकालाई विपक्षी बनाई मुद्धा दायर गरेका थिए ।

अदालतले शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिवराज नगरपालिका मेयर र निमार्ण कम्पनी कैलाश एण्ड कम्पनी प्राली नाममा निर्माण कार्य रोक्का गर्न र सो को जानकारी पठाउन आदेश दिएको हो ।

स्थानियहरुले निशुल्क जग्गा दिदादिदै पनि गैरकानुनी रुपमा भवनको लागी टेण्डर गर्नु गलत भएको स्थानिय हरि पोख्रेलले वताए । शिवराज नगरपालिकामा विभिन्न समयमा निशुल्क जग्गा उपलव्ध गराउने भन्दै ज्ञापन पत्र वुझाउदा पनि कुनै वास्ता नगरी आफ्नो मनोमानी गरेको आरोप लगाएका छन ।

नगरपालिकाले आफ्नो भवन नभएकोले उक्त क्षेत्रमा भवन निमार्ण गर्न डिपिआर को काम सम्पन्न भएको छ भने ठेक्का कैलाश एण्ड कम्पनी प्राली सग सम्झौता भइसकेको छ । शिवराज नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार १० करोड ४५ लाखमा उक्त भवन वन्न लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here