प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा सम्मान

150

काठमाडौं / प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा प्राध्यापक डा. गोविन्दराम अग्रवाललाई सम्मानित गरिएको छ । ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो ।

डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विदेशमा वाणिज्य क्षेत्रलाई बढावा दिएको भन्दै सम्मानपत्र, दोसल्ला र हस्तकलाजन्य मायाको चिनोद्धारा सम्मानित गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा वाणिज्य विषय स्थापना गर्न कटिबद्ध रहेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको हो ।

इश्वरीलालको सम्झानामा प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठान स्थापना गरी वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ठ व्यक्तिलाई सम्मानगर्न शुरु गरेको इश्वरीलालका सुपुत्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मानित कार्यक्रममा विज्ञ केदारभक्त माथेमा, मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here