काठमाडौं / नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानका कार्यक्रम सार्वजनिक गर्दै व्यापक रुपमा सदस्यता वितरण गर्ने भएको छ ।
आज बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयबारे जानकारी दिदै प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियान चलाउने भन्दै त्यस क्रममा सदस्यता वितरणलाई देशव्यापी बनाउने जानकारी दिएका हुन् ।
काँग्रेसमा नयाँ सदस्य वितरण देखि अन्य पार्टीबाट प्रवेश गर्न चाहनेलाई सदस्यता वितरण गर्ने शर्माले जानकारी दिए । पहिलो चरणमा गरिएको जागरण अभियानमा ३१ हजार छ सय ४२ जना काँग्रेस प्रवेश गरेको भन्दै अर्को चरणमा यो भन्दा ठूलो संख्या प्रवेश गर्ने जनाए ।
काँग्रेस उपसभापति विजयकुमार गच्छेदार र विमलेन्द्र निधिका अलावा महामन्त्रीहरु डा. सशांक कोइराला र पूर्णबहादुर खड्काको बीचमा बसेर शर्माले पार्टी निर्णय सुनाएका थिए ।


















