सेतो पुतलीदेखि सावधान, गुम्नसक्छ आँखाको दृष्टि

341

काठमाडौं– बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले। दाहिने आँखा मिच्दामिच्दै रातो भयो। धमिलो देख्न थाले।

उनी आमा सीता झाफुकमा लागिन्। बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पु¥याइन्। त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो। आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो। अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्।

पोखरामा भदौ १६ यता सापुका ८ बिरामी भेटिएका छन्। सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन। आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायाका अनुसार हालमसम्म सेतो पुलती (मोथ) लाई सापुको कारकका रूवमा प्रायः जोडिने गरिएको छ। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here