विपद व्यवस्थापनबारे नेपालबाट सिक्न चाहन्छौँः बंगलादेशी मन्त्री

215

नेपाल भ्रमणमा रहेका बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गरेका छन् । बिहीबार गृहमन्त्री रामबहादुर थापासँग भेट गर्दै उनले विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको बर्ता । उनले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको भन्दै नेपालले २०७२ सालमा गएको भूकम्पबाट सिकेको पाठ आफूहरुका लागि पनि सिक्न लायक भएको बताएका हुन् ।
भेटमा नेपाल–बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताए । थापाले नेपालमा वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उनीमार्फत त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरे । थापाले नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनहरुको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानिय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भईरहेको जानकारी दिएका थिए । विश्व खाद्य कार्यक्रम बंगलादेशका देशिय निर्देशक रिचार्ड रेगनसमेत सहभागि भ्रमण दलले नेपालमा मानविय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे समेत अध्ययन गर्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here