भोलि हुने एमबिबिएस ‘इन्ट्रान्स’ परीक्षा रोक्न सर्वोच्चको आदेश

234

 काठमाडौं / भोलि शनिबार हुने एमबिबिएस ‘इन्ट्रान्स’ परीक्षा रद्द हुने भएको छ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्सा शिक्षण संस्थानको ‘एमबिबिएस’ तहको परीक्षा रोक्न अन्तरीम आदेश दिएको छ ।

आयुष ओझा समेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वोच्चले अन्तरीम आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नु पर्ने भएकाले प्रत्यर्थीलाई २५ भदौमा छलफलका लागि सूचना जारी गर्ने आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here