आर्थिक समृद्धिविना संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा पर्न सक्छ : प्रचण्ड

215

 काठमाडौं / सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्र मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने आवश्यक्ता रहेको जनाएका छन् ।

काठमाडौंमा शुक्रबार सुरु भएको ट्रेकिङ एजेन्सि एशोसिएशन अफ नेपाल (टान)को ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहाल (प्रचण्ड)ले आर्थिक क्षेत्रको प्रगती गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने जनाउँदै आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याए ।

दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने जनाउँदै पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने जनाए ।

साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here