दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

63

काठमाडौं ।  बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ।

‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि आक्रमण भएको हो।

प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले पक्राउ परेका गौतमले किन आक्रमण गरे भन्ने खुलिनसकेको बताए। ‘हामी अनुसन्धान गर्दैछौं। किन आक्रमण भयो भन्ने कारण अहिले नै पत्ता लागेको छैन,’ डीएसपी केसीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here