सुनकाे भाउ घट्ने क्रम जारी

49

काठमाडाैं । केही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here