वडा अध्यक्षको निर्वाचन हुने !

127

-नारद कोहार

कपिलबस्तु / कपिलबस्तु  जिल्लामा एक वडा अध्यक्षको निर्वाचन हुने भएको छ । मंसिर ४ गते हुन लागेको उपनिर्वाचन अन्तरगत जिल्लाको शिवराज नगरपालिका वडा नं १० मा वडाअध्यक्षका लागि निर्वाचन हुने भएको जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले जनाएको छ ।

शिवराज नगरपालिका वडा नं १० की वडा अध्यक्ष शकुन्तला भारतीको क्यन्सरका कारण निधन भएको थियो । त्यहाँ वडाध्यक्षको पद रिक्त छ । उनले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचन जितेकी थिइन् ।

शिवराज नगरपालिकामा ११ वटा वड़ा रहेको सबै वडाहरूमा पुरूष निर्वाचित भए पनि वहा एक मात्र महिला वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । भारतीले ३ सय १९ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिरथ बहादुर रायमाझीले २ सय ३० मत प्राप्त गरेका थिए ।

उक्त वडामा ११ जना वडा अध्यक्षमा उम्मेदवार रहेकोमा स्वतन्त्रबाट ५, अन्य दलबाट ६ जसमा नेपाली कांग्रेस, माओबादी केन्द्र, एमाले, संघिय समाजबादी फोरम, फोरम लोकतन्त्रीक, राष्ट्यि प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा लडेका थिए ।

सो वडाको गत निर्वाचनमा जम्मा १ हजार ९ सय ६५ मतदाता रहेपनि १ हजार ३ सय ४१ मत खसेको थियो । संघ प्रदेश र स्थानिय चुनाव पछि गत साउन १७ गते सम्मा २सय २८ मतदाता नंया थपिएका छन् । नँया थपिएका मतदाता मध्ये १८ वर्ष पुरा भएका १ सय ३६ जनाले हुने निर्वाचनमा मात हल्न पाउने छन् भने ९२ मतदात १८ वर्ष मुनिका नाम दार्ता गरए पनि मत हल्न नपाउने निमित्त निर्वाचन अधिकृत अनिता क्षेत्रीले जानकारी दिनु भएको छ ।

कपिलबस्तुमा ३ लाख ३४ हजार ९ सय ३३जना मतदाता रहेका छन् । सो मध्ये १लाख ८२ हजार ७ सय ९६पुरुष, १ लाख ५२ हजार १ सय ३३ महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

१४ हजार ५ सय ४ मतदाता
जिल्लामा ३ वटै निर्वाचन पछि १४ हजार ५ सय ४ मतदाता नँया थपिएका छन् जसमा ६ हजार ९ सय ८८ महिला र ७ हजार ५ सय १६ पुरुष थपिएको अधिकृत क्षेत्रीले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here