भारतको चन्द्रयान–२ सम्पर्कविहीन, प्रधानमन्त्री मोदी निराश

100

काठमाडौं । भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क विहिन भएको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेका थिए । तर, त्यस्तो खबर सुनेर निराश हुँदै फर्किनु परेको विभिन्न सञ्चार माध्यममा समाचारहरु रहेका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको जनाएका छन् । उनका अनुसार चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्म सबै सामान्य र त्यसपछि सम्पर्क टुटेको थियो। अब डाटाको समीक्षा गरिने उनले जनाएका छन् ।

चन्द्रयान–२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने जनाइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए । जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए ।

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here