कालापानीबाट नेपालतिर अगाडि सर्दैछ भारत (भिडियोसहित)

414

काठमाडौं / नेपालको सीमाक्षेत्रमा भारतको अतिक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालको दार्चुला जिल्लाको उत्तर–दक्षिण भेगमा रहेको  कालापानीमा भारतले भारतीय सेना क्याम्प खडा गरेको छ ।

कालापानीमा भारतको अतिक्रमणको ज्यादति बढ्दो छ । कालापानीको तीन वटा गाँउमा भारतले अतिक्रमण गरेको छ । कालापानीमा बसेको भारतीय सेनाको क्याम्पलगायतको भूमि नेपालको हो।  त्यहाँका स्थानीय पनि नेपाली हौ भनिरहेका छन् । तर भारतीय सेनाले त्यो क्षेत्र भारतको हो भनेर अतिक्रमण गरिरहेको छ ।

स्थानीयवासी पनि कालापानीको कुरा गर्न हिजोआज हच्किने गरेका छन्। खाली गफ मात्र गर्ने, काम अगाडि नबढ्ने ओढे राजनीतिक प्रतिबद्धताबाट दार्चुलावासी निरास बन्दै गइरहेका छन्। लिम्पिया धुरा भनेको नेपाली सीमा सुरु हुने ‘जिरो प्वाइन्ट’ हो। कालापानीमा कृत्रिम खोल्सो बनाई त्यसैलाई महाकालीको मूल भनेर दावी गरिरहेको छ, भारत। ‘जिरो प्वाइन्ट’ बाट बगेको नदीको मुहान नै महाकालीको उद्गम स्थल भएको तथ्य नापी तथा भूमिसुधार विभागले प्रमाणित गरिसकेको छ।

थप कुरा भिडियोमा :

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here