काठमाडौं । आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण देखिएको छ। तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति ‘रुइतेक्टोमी’का सुरुवातकर्ता हुन्। उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।
सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन्।
अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी नआएको स्रोतले जानकारी दिएको छ । वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन्।
गत बुधबार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए।


















