काठमाडौं / बाद्यबादक गुरु राजेन्द्र महर्जनको पहिलो कृति “हाम्रो साँस्कृतिक पहिचान तथा परम्परागत बाजाहरु” पुस्तकको लोकार्पण भएको छ ।
प्रमुख अतिथि बाङ्गमय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले लोकार्पण गरिएको कार्यक्रममा बाजा प्रशिक्षण, एस इइ उत्र्तीण तथा सञ्चार क्षेत्रमा लामो समयदेखि कृयाशिल संचारकर्मि तथा एसीइ टेलिभजनका Youths Says कार्यक्रमका संचालक मानिसकुमार श्रेष्ठलाई प्रमुख अतिथिले सम्मान पत्र प्रदान गर्नुका साथै विभिन्न बाजा खलः, भजन खलः परम्परागत बाजा खलःका गुरुहरुलाई आयोजकका तर्पmबाट खाँडा ओढाइ सम्मान गर्नु भयो ।
श्री जट्टाधारी नित्यनाथ एकीकृत बाजं खलका केन्द्रिय अध्यक्षका साथै मुल गुरु राजेन्द्र महर्जनले कार्यक्रममा पाल्नु भएका सम्पूर्ण अतिथिहरुलाई माया चिनो समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा विविध सांगीतिक ब्याण्ड, भजन, खल आ—आफ्नो सांगीतिक प्रस्तुती समेत प्रस्तुत गर्नु भएको थियो ।





















