विप्लव नेकपाको आन्दोलन : न्यायाधीशहरुको पुत्ला दहनदेखि आज देशभरका एनसेल कार्यालयहरुमा तालाबन्दी

214

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध सुरु गरेको आन्दोलन उत्कर्षमा पुगेको छ ।

सरकारकै इसारामा आफ्नै प्रधानन्यायधीशहरुको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै  नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्च अदालतले गरेको निर्णयविरुद्ध सुरु गरेको आन्दोलनअन्तर्गत भदौ १७ गते देशव्यापी रुपमा एनसेलको फैसला उल्टाउने न्यायाधीशहरुको पुत्ला दहन गरिसकेको छ भने भदौ १९ गते देशभरि मशाल जुलुस निकालेको थियो । यसैगरी नेपाल कम्युनिस्ट पार्टीले भदौ २१ गते देशभरका एनसेलका कार्यालयहरु अगाडि विरोध प्रदर्शन गरिसकेको छ । आन्दोलनको सोही कार्यक्रमअन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले भदौ २३ गते देशभरका एनसेल कार्यालयहरुमा तालाबन्दी गर्ने र भदौ २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्नेसहीतको कार्यक्रमहरु गर्ने जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गत भदौ १४ गते विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले एनसेलले साढे १८ अरब तिर्न नपर्ने अत्यन्त विवादास्पद राष्ट्रघाती निर्णय गरेकोप्रति घोर भत्र्सना गर्दै सो संघर्षका कायक्रम घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here