वाइडबडी प्रकरणः पैसा तिराउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन

100

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वाइडबडी किन्दा अनियमितता भएको निचोड संसदीय समितिले निकालेको छ। यसको पैसा तिराउन अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ।

निगमले बिक्रेता कम्पनीसँग अधिकतम भारवहन क्षमता २ सय ४२ टनका लागि खरिद सम्झौता गरेको थियो। दुवै जहाज २ सय ३० टनका ल्याइएका थिए। १२/१२ टन कम क्षमताका विमान लिँदा भएको मूल्यअन्तरबराबरको रकम फिर्ता गराउन समितिले सरकारलाई भनेको हो।

नत्र कूटनीतिक नियोगको सहयोगमा भ्रष्टाचार उजुरी प्रक्रिया अगाडि बढाउन भनिएको छ। साँवा–ब्याजसहित फिर्ता नआए निर्णयकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिले निर्देशन दिएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here