काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका वाग्लेलाई अदालत परिसरबाटै प्रहरीले पुन गिरफ्तार गरेको हो ।
मंगलवार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो ।


रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्त एकराज भण्डारी, विष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ ,अधवक्ता कपिलचन्द्र पोखेल लगायतले बहस गरेका थिए । भदौ ६ गते पक्राउ परेका वाग्लेलार्इ रिहा गर्न माग गर्दै रामप्रसाद वाग्लेले रिट दायर गरेका थिए ।


















