देशमा अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमण मुक्त

80

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार २५८ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५८२ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here