काठमाडौं / सन् २०२२ मा हुने कतार विश्वकप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताईपेईविरुद्ध उत्कृष्ट जितसँगै ऐतिहासिक हासिल गरेकाे छ । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपालले ताईपेईलाई २-० गोल अन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्टले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरे । अन्जनले खेलको ६३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई जित दिलाए ।
नेपाल छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० गोल अन्तरले पराजित भएको थियो । जितसँगै नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूह ‘बी’ चाैथाे स्थानमा उक्लेको छ । याे जितसँगै विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाएको छ ।


















