ज्योतिष निराकार न्यौपाने
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा बाधा नपुग्ला भन्न सकिन्न । विभिन्न समस्याको समाधान आफैले गर्न सकिने छ ।काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सुख सन्तोष मिल्ने खालको समय रहेको देखिन्छ । भोगविलासको समान खरिद विक्रीबाट राम्रो लाभ मिल्ने खालको समय रहेको देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। आजको मिहिनेतले भविष्यमा भने नाम र प्रतिष्ठा दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला। योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि, बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ। समस्या दर्साउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नराम्रो समाचार सुन्नमा आउन सक्छ । तुरुन्तै कुनै कुराको पनि निर्णय नगर्नु भयो भने राम्रो हुने छ । घर जग्गाको कारोबारबाट धेरै थोरै लाभ हुने देखिन्छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न समस्याहरु आउने देखिन्छ । समस्याको समाधान पनि आफै हुने छ । नयाँ काममा मन जाने छ । धार्मिक एवं सामाजिक काममा लाग्नु पर्ने खालको समय रहेको देखिन्छ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानातिना कामको अवरोधले मानसिक चिन्ता बढ्ने खालको दिन रहेको देखिन्छ । त्यति पढाइलेखाइमा मन जाने खालको दिन भने रहेको देखिन्न । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुदमा तपाईको सहभागिता हुने छ । परिवारजनबाट एकदम राम्रो सहयोग मिल्ने खालको दिन रहेको देखिन्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठुलो कामको निर्णय गर्नु त्यति उपयुक्त समय रहेको देखिन्न । तपाईले गर्नु भएको कामबाट पनि राम्रो लाभ हुने देखिन्छ । नोकरीबाट पनि राम्रै फाइदा हुने खालको समय रहेको देखिन्छ । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साना ठूला समस्या आउने खालको समय रहेको देखिन्छ । आफ्नै कारणले गर्दा काम अस्म्पन्न हुने देखिन्न । केहि गरि हाल्ने वातावरण बन्ने छैन । आवश्यक भौतिक साधन जुट्नेछन् । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ।

















