संसदमा काँग्रेसद्धारा पुनः अवरोध, अर्को बैठक सोमबार बस्ने

105
sf7df8f}F, @& h]7 -/f;;_ M k|d'v k|ltkIfL bn g]kfnL sfFu|];sf ;f+;bn] cfOtaf/ dfOtL3/df zflGtk"0f{ lj/f]w ubf{ u'l7of/dfly bdg ePsf] cf/f]k nufP/ ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf cfkmgf] cf;gaf6 p7]/ lj/f]w hgfpFb} . t:jL/ M gjLg kf}8]n

काठमाडौँ : काँग्रेसले लगातार संसद बैठक अवरोध गरेको छ । बाके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै काँग्रेसले आइतबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । आइतबार दोस्रो बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको कारवाही सुरु भएको घोषण गर्ने वित्तिकै काँग्रेसका सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए ।

प्रतिपक्षका सांसदहरु नबसेपछि सभामुख महराले अर्को बैठक सोमबार ३ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका छन् । यसअघि प्रतिनिधिसभाको आईतबारको पहिलो बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । त्यसपछि बसेको बैठकमा पनि काँग्रेस सांसदले विरोधलाई निरन्तरता दिएका थिए ।

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाएका थिए । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको खाँडले बिरोध गरे ।

भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली काँग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुका साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको उनले दाबी गरे ।

जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै दोषीलाई कारवाही हुने प्रतिबद्धता जनाएका थिए । थापाले बाँके घटनामा संलग्न निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिइएको र संलग्न अन्यको खोजी तिब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here