नक्कली भ्याट बिल प्रकरणः ५ फरक कम्पनीका मुद्दामा सुनुवाई

173

काठमाडौं । सर्वोच्च अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधिश प्रकाश कुमार ढुंगालानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि ‘हेर्दाहेर्दै’मा राखेको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिनज, महेश बानियाँ, अरुण इन्टरकन्टिनेन्टल र एआईटी प्रालि जोडिएका मुद्दाको सुनुवाइ थालेको हो । यिनीहरु मुख्य रुपमा आयकार र मूल्य अभिवृद्धि करको विवादमा मुछिएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here