आहुती नेतृत्वको रणनीतिक संयुक्त मोर्चाको जनसभा सम्पन्न

185

बुटवल/  नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल नेतृत्वको),नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी) मोहनबैद्य नेतृत्वको नेकपा (नेत्रबहादुर चन्द बिप्लब नेतृत्वको) र बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी (आहुती नेतृत्वको) सम्मिलित रणनीतिक संयुक्त मोर्चाको बुटबलमा  हिजो पहिला जनसभा भब्यरुपमा सम्पन्न भएको छ ।

विहीवार यहाँ बुटवलस्थित ट्राफिक चोकमा आयोजित जनसभामा बोल्दै उनीहरुले संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दैं यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाउंने उद्घोष गरे ।

रणनीतिक संयुक्त मोर्चाका नेताहरु ऋषि कट्टेल, रामसिंह श्रीस, बिश्वभक्त दुलालआहुती र गुणराज लोहनीले बर्तमान संसदीय ब्यवस्थाले देश र जनतामाथि संकट मात्र थोपर्ने र कुर्सीका लागि लडामती मात्र गरिरहनाले यस्तो यथास्थितिले समस्याको कुनै किनका  नदिने भन्दै यसको बिकल्प जनगणतन्त्र र बैज्ञानिक समाजबाद मात्र हुने दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दैं नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा मोर्चाका नेता ऋषि कट्टेलले जन संघर्षले बिद्यमान ब्यवस्थालाई बिस्थापित गरी जनगणतन्त्र र बैज्ञानिक समाजबाद स्थापना गर्न सकेमा मात्र देश र जनताको समस्याहरु सही किसिमले हल गर्दै नेपालमा स्थिरता, समुन्नति, न्याय र दीगो शान्ति कायम  हुने बताए । उनले बिप्लब नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध जनताले खारेज गरिदिएको उल्लेख गर्दै  सरकारलाई यो प्रतिबनध हठाउन, पक्राउ परेकालाई रिहा गर्न पनि जोडदार माग गरेका थिए ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रतिगामी संसदीय व्यवस्था खतम गरि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षको आंधीबेहरी ल्याउंनुपर्नेमा जोड दिए ।

उनले कम्युनिष्टको नाममा मुलुकमा दलाल संसदीय व्यवस्था हावी रहेको भन्दैं यसको अन्त्यका लागि क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत र धु्रबीकृत हुनुपर्ने आवश्यकता औल्याए ।

कट्टेलले प्रधानमन्त्री केपी ओली प्रतिगामी र प्रचण्ड–नेपाल यथास्थितिवादी सोचका साथ अगाडि बढेको भन्दैं निर्वाचन वा संसद पुर्नस्थापनाबाट पनि मुलुकले कुनै निकास नपाउंने प्रष्ट पारे । उनले सरकारले राजनीतिक समस्याको समाधान राजनीतिकरुपमै खोज्न र दमन नगर्न पनि जोडदार माग गरेका थिए ।

रणनीतिक मोर्चाका अर्का नेता रामसिंह श्रीसले बर्तमान सत्तामा कम्युनिष्टको नाममा दलाल संसदीय ब्यवस्थाका चाकरहरु हाबी भएको बताउदै क्रान्तिकारी कम्युनिष्टहरु एक जुट भएर जन गणतन्त्र र बैज्ञानिक समाबादका निम्ति आन्दोलन केन्लिद्र गर्नु पर्ने औंल्याए ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ९आहुति०ले मुलुकमा व्यक्तिमा होइन दलाल पूजिवादी संसदीय व्यवस्थामा संकट उत्पन्न भएको खुलासा गरे  ।

रणनैतिक संयुक्त मोर्चाका सदस्य भेषराज भुसालले जनताले क्रान्ति र विकल्प खोजेको भन्दैं ओली र प्रचण्डबाट त्यो संभव नभएको जनाए ।

अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा।ओम गुरुङले कम्युनिष्टको नाममा ओली र प्रचण्डले जनतामा भ्रममा पारेको भन्दैं संसदीय व्यवस्थाका विरुद्ध उत्पीडित जाति–समुदाय क्रान्तिमा गोलवन्द हुन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले जनमुक्ति सेना बुझाएकै दिनबाट प्रतिगमन भएको भन्दै विप्लवलाई सडकमा आउन आब्हान गरे ।

वामपन्थी नेता शसिधर भण्डारी,माक्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुंवर,नागरिक समाजका पदमबहादुर कार्की लगायतले बोल्दैं संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिए । कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको अध्यक्षता,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार हिममाङको सञ्चालन तथा नेकपाका सहसंयोजक अम्बिका थैबको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, धनेश्वर पोखरेल लगायत मोर्चाका नेताहरु समेत सहभागी थिए ।

कार्यक्रममा जनकलाकारहरुले नेतृ तथा थारु संस्कृतिको झाकी सिन प्रर्दशन गरेका थिए ।

नयाँ जनवादी कार्यक्रम र बैज्ञानिक समाजवादको रणनीतिमा एक भएका यी चार पार्टीले माघ २९ गते रणनैतिक संयुक्त मोर्चा बनाएपछि यी दलका नेता कार्यकर्ता उत्साहित भएका छन् ।

संसद बिघटन पछिको घटनालाई संसदीय ब्यवस्थाको असफलता भन्दै आएका चार कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता बैचारिक रुपमा समेत नजिक हुन थालेका हुन् ।  रणनैतिक मोर्चा हुदैं पार्टी एकता सम्म गर्ने यी चार पार्टी मध्ये विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here