वीरगञ्ज- पर्साको बिन्दवासिनी गाउँपालिका-५ हासवास्थित पुल नजिकै खाल्डोमा घाँटि रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सालेे जनाएको छ।
मृतकको पहिचानसँगै के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भईरहेकोे छ ।


















