अन्तर्राष्ट्रिय उडानका जहाजहरु तीन घण्टा आकाशमै होल्ड ! आज पनि जहाज अवतरणमा समस्या !

560

काठमाडौं / त्रिभुवन विमानस्थलमा आज पनि जहाज अवतरणको लागि समस्या परेको छ । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रहेका जहाजहरुलाई उपकरण बिग्रेको भन्दै आकाशमा होल्ड गराएर राखिएको छ ।

जहाजहरु तीन घण्टादेखि अवतरण गर्न सकेका छैनन् । विमानस्थलमा अवतरण गराउने उपकरण बिग्रदा थाईल्याण्ड, भुटान, कतार र साउदीअरेबियाबाट आएका जहाजहरु अवतरण गर्न पाएका छैनन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरका अनुसार दुरी मापन गर्ने सम्बन्धी स्याटेलाईटबाट चल्ने उपकरण भिएचएफमा समस्या आएको छ । सो समस्या आउँदा जहाजको मनिटरिङ गर्न सकिदैन । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ । भीओआर/डीएमआईको रेडियो स्टेशनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरु विमानस्थलमा अवतरण गर्छन् ।

अन्तर्राष्ट्रिय जहाजमै जडित यन्त्रद्वारा अवतरण गर्न सक्ने भएपनि विमानस्थलले जोखिम मोल्न चाहेको छैन । काठमाडौं त्रिभुवन विमानस्थलमा हेभी ट्राफिक जाम हुँदा अन्तर्राष्ट्रिय उडानका जहाजहरु सधैं समस्यामा पर्ने गरेका छन् ।

थाईएयर, कतार एयर र एयर अरेबियाको जहाज अवतरणमा ढिलाई हुँदा नेपालबाट विदेश जाने यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here