आकाशमै होल्ड भएका जहाजबारे पर्यटनमन्त्रीको निर्देशन

83

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारण सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएकोबारे छानविन गर्न नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति तथा सेवा सुविधा सुदृढीकरणमा चासो राख्ने पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको जनाइएको छ ।

विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर)मा समस्या देखिएपछि करिब डेढ घन्टा ठूला जहाजको अवतरण अवरुद्ध भएको हो।

कतार एयरलाइन्सलगायतका ठूला जहाजहरु करिब दुई घन्टा आकाशमै होल्ड गरिएको र मर्मतपछि अवतरण सुचारु गरिएको थियो। जहाज आकाशमै होल्ड गर्नुपर्ने भएपछि एयर चाइनाको काठमाडौं उडान रद्द भयो भने मालिन्दो एयरको जहाजलाई आकाशबाटै डाइभर्ट गराइएको थियो। यद्यपि अहिले विमानस्थल संचालनमा आइसकेको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here